
नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री शुरू गरेको छ ।
जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।
बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने, ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ ।'
नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।
‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चाहन्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरीय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, भन्दै लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अविस्मरणीय क्षणको अनुभव दिलाउन चाहन्छौं ।

ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनु हुने छ । जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने छ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूती गर्न सक्नु हुने छ ।
हामीले ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने छौं । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नु हुने छ । तपाईले टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुने छ । उक्त कारलाई तपाईले छनोट गर्नु भएको स्थानमा हामी उपलब्ध गराउने छौं । ग्राहकको कुनै पनि जिज्ञासालाई हामी उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने छौं ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ ।
बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहोर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।