०८ साउन २०८३, शुक्रबार

७२ अंकको वृद्धिसँगै शेयर बजार हरियाली

मंसिर २२, २०७७
७२ अंकको वृद्धिसँगै शेयर बजार हरियाली

सोमवार शेयर बजार (नेप्से) मा हरियाली छाएकाे छ । ​यस दिन परिसूचक ७२.२८ अंकले बढ्दै २००४.३९ विन्दुमा पुगेको छ ।

यस दिन  कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से  २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो । 

सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, निर्जीवन बीमाको ४ सय  ५, उत्पादन समूहको २ सय २४, व्यापारको १ सय ३०, माइक्रो फाइनान्सको १ सय २७, जलविद्युतको ९८, अन्यको ८०, होटलको ६० र बैंकिङ समूहको शेयर ३१ अङ्कले बढेको छ । 

सोमबार दुई सय ६ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । 

सोमबार रसुवागढी हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तर समग्र बजार बढे पनि एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ताले दुई प्रतिशत गुमाएका छन् ।    

salt training

कमेन्ट गर्नुहोस्