०७ साउन २०८३, बिहीबार

अफताब आलमका भाइ महताफ पक्राउ

मंसिर २२, २०७७
अफताब आलमका भाइ महताफ पक्राउ

राजपुर बमकाण्डको आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन् ।

उनलाई आइतवार बेलुका पक्राउ गरिएको प्रदेश २ प्रहरी प्रमुख धिरज सिंहले लोकान्तरलाई जानकारी दिए । 

संसद आलम पक्राउ परेपछि महताफ फरार थिए । फरार रहेका उनलाई आइतवार रौतहटको बोधिमाई नगरपालिका वडा नम्बर ७ बड्की बंकुल एरियाबाट पक्राउ गरिएको हो ।

२७ चैत २०६४ मा  आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

मुख्य आरोपी भनिएका संसद अफताब आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्