१२ असार २०८३, शुक्रबार

सिंगापुर पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

मंसिर २२, २०७७
सिंगापुर पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सिंगापुर पठाइदिन्छु भनी एक युवतीबाट ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन् । 

महानगरीय  अपराध महाशाखाको टोलीले  काठमाडौंको त्रिभुवन विमानस्थलबाट जनोज लामिछाने भन्ने विशाल दर्जीलाई पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका ४ बुद्धचोक घर भई काठमाडौंको सिनामंगल बस्दै आएका उनले विभिन्न प्रलोभनमा पारी ३ लाख ३१ हजार ९ सय रुपैयाँ रकम लिई फरार रहेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए । रमिला श्रेष्ठलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको पाइएको उनले बताए । 

उनका अनुसार, दर्जीलाई आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्