
ताललाई अधिकतर सुन्दरताको दृष्टिले हेर्ने गरिन्छ । यही कारण अधिकांश मानिस तालको किनारमा जान चाहन्छन् । तर, आज हामी तपाइँलाई यस्ता तालबारे बताउँदैछौं जहाँ जान खतरापूर्ण हुनसक्छ । तर, पनि मानिसहरु ज्यान जोखिममा राखेर त्यस्ता ठाउँमा पुग्छन् ।
हिमालयको रुककुण्ड ताल
सन् १९४२ मा ब्रिटिस आर्मीलाई यस तालको किनारामा करिब २०० शवको अवशेष मिलेको थियो । उनीहरुको मृत्यु रहस्यमय तरिकाले भएको बताइन्छ । सबैभन्दा अनौठो लाग्ने कुरा त के छ भने, ११ औं शताब्दीसम्म यस तालबारे कसैलाई जानकारी थिएन । यो तालमा पौडी खेल्न प्रतिबन्ध लगाइएको छ । यहाँ कतिबेला कुन घटना हुन्छ कसैलाई जानकारी छैन ।
मिशिगन ताल, अमेरिका
अमेरीकाको सबैभन्दा ठूलो तालमध्ये एक हो मिशिगन । यो जति सुन्दर छ त्यति नै खतरनाक पनि छ । यो तालको नजिकै ज्यान लिनसक्ने ग्यासको बादल तैरिने गरेको बताइन्छ । जसका कारण यहाँ रहेका सबै जीवजन्तु मरिसकेका छन् । वैज्ञानिकका अनुसार यो तालमुनि एक ज्वालामुखि छ । जसकारण कार्बनडाइअक्साइड ग्यास पानीसँग मिल्छ । र ग्यासको स्तर बढ्नाले बादलमा परिणत हुने गर्दछ ।
ट्यूनीशियाको ताल
ट्यूनीशियाको गाफसामा रहेको यस ताललाई यसकारण खतरनाक मानिन्छ कि यहाँको पानीमा बिषालु शैवाल पाइन्छ । यसका साथै यहाँ फस्फेटको खानी पनि छ । जसमा रेडियाएक्टिभ तत्व पनि पाइन्छ । यही कारण यो झीलमा पौडी खेल्ने मानिसको ज्यान जाने गरेको छ ।
यसको सबैभन्दा अनौठो पक्ष के हो भने, मरुभूमिको बीचमा यो ताल बनेको छ । जसलाई देखेर जो कोही हैरान हुन्छन् ।
उम्लीरहेको पानीको ताल, डोमेनिका
उत्तरी अमेरिकी महाद्वीपको क्यारेबियनक्षत्रमा डोमेनिका छ । जहाँ एक उम्लिरहेको तातो पानीको ताल छ । यो तालको नजिक जानु मृत्यु निम्त्याउनुजस्तै हो । यो पानीको तापमान ९२ डिग््ी सेल्सीयससम्म पुग्दछ । यसको कारण हो ताल नजिकै ज्वालामुखि हुनु । जो पानीलाई सँधै तातो बनाइराख्छ ।
किवुको विष्फोटक ताल
अफ्रीकी देश कंगोमा रहेको किवु ताल विश्वकै सबैभन्दा कतरनाक झीलमध्येको एक हो । यसलाई विष्फोटक तालको नामले पनि चिनिन्छ । यसको पानीमा कार्बनडाइअक्साइड र मिथेन पाइन्छ । यो ताल नजिकै कुनै सानो भूकम्पको धक्का आयो भने पनि यसमा विष्फोट हुने बताइएको छ ।