
कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार जानकारी दिए ।
आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् । पहिलो चरणमा उच्च जोखिममा रहेका जनतालाई लगाउनेगरी १० लाख खोप ल्याउने योजना बनाइएको जानकारी उनले दिए । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले उल्लेख गरेका छन्।