
पछिल्लो २४ घन्टामा मुलुकभर १ हजार १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दै यसबारे जानकारी गराएको हो ।
यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
मन्त्रालयका अनुसार, सोमवार २० जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर अहिलेसम्म १ हजार ६ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, सोमवार १ हजार ६ सय २८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ जना पुगेको छ ।