२० असार २०८३, शनिबार

लोकसेवाको वेबसाइट ह्याक गरी ९ हजार ४०० जनालाई गलत सूचना दिने ३ जना पक्राउ

मंसिर २३, २०७७
लोकसेवाको वेबसाइट ह्याक गरी ९ हजार ४०० जनालाई गलत सूचना दिने ३ जना पक्राउ

लोकसेवा आयोगको साइड ह्याक गर्ने ३ जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । 

लोकसेवा आयोगको वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गर्ने ३ जनालाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख वरिष्ट प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।

‘सरकारी वेबसाइटमा हमला गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई गलत सूचना सम्प्रेषण गरेपछि हामीले ह्याकर हन्ट गरेर पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने । 

सूचना ह्याकको निसानामा सरकारी निकायका उच्च पदाधिकारी, व्यापारी लगायतका भीआईपीहरुसमेत रहेको साइबर ब्यूरोले जनाएको छ । 

ब्यूरोले साइबर हमला गर्ने ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानरपालिका छोरेपाटन बस्ने १७ बर्षीया किशोर र पोखरा घारीपाटन बस्ने अर्का १५ बर्षीया किशोरलाई पक्राउ गरेको एसएसपी अर्यालले बताए ।

लोकसेवा आयोग र गृहमन्त्रालयको उजुरी र विषेश पहलमा ‘ह्याकर हन्ट’ नाम दिएर सरकारी वेबसाइट ह्याक गर्ने उनीहरुलाई पक्राउ गरेको   जनाएको छ भने अन्य ह्याकरहरुको पनि खोजी भइरहेको व्यूरोले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्