
चीन र नेपालले संयुक्त रुपमा आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएका छन् । नापी विभागको कार्यालयमा दिउँसो साढे १ बजेतिर सार्वजनिक गर्ने कार्यक्रम रहेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।
नेपालले पहिलोपटक आफ्नो स्रोत साधन र जनशक्तिको प्रयोगबाट सगरमाथाको उचाई सर्वेक्षण गरेको हो । नेपालका नापी विभागका तर्फबाट प्राविधिक टोली र चिनियाँ टोलीले संयुक्त रुपमा सगरमाथाको सर्वेक्षण गरेका थिए ।
स्रोतका अनुसार सगरकामाथाको उचाई केही बढेको छ । दुवै देशले भुर्जअल बैठकमार्फत संयुक्त रुपमा उचाई सार्वजनिक गर्ने भएका छन् । विभागले करिब १३ करोड रुपैयाँ खर्च गरेर दुई वर्षको अवधिमा सगरमाथाको मापन गरेको जनाएको छ ।
२०७२ को भूकम्पछि सगरमाथाको उचाई घटबढ भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा चर्चा चुलिएको थियो । यो तथ्यलाई पुष्टि गर्न विभागले आफ्नै स्रोत साधनमा पहिलोपटक सगरमाथाको उचाई मापन गरेको हो ।