
नेपाली बजारमा मंगलबार सुनको मूल्य १५०० रुपैयाँले बढेको छ ।
सोमबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको हो ।