२८ असार २०८३, आइतबार

नेपालमा महिला बढी खुशी छन् कि पुरुष ? यस्तो छ तथ्यांक

मंसिर २३, २०७७
नेपालमा महिला बढी खुशी छन् कि पुरुष ? यस्तो छ तथ्यांक

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला र ६४.७ प्रतिशत पुरुषहरू धेरै खुसी वा केही हदसम्म खुशी हुने गरेको पाइएको छ  । 

केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल वहुसूचक सर्वेक्षण, २०७५-७६  अनुसार, सोही उमेर समूहका महिलाहरूको तुलनामा पुरुषहरू धेरै खुशी हुने गरेको पाइएको छ । 

यस्तै १५ देखि २४ वर्ष उमेर समूहका ६८.० प्रतिशत युवतीहरू र सोही उमेर समूहका ६९.६ प्रतिशत पुरुषहरू धेरै खुसी हुने गरेको पाइएको छ । 

विभागका अनुसार, १५–४९ वर्ष उमेर समूहका ४५.४ प्रतिशत महिला तथा ५२.५ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा गर्ने गरेको पाइएको छ । 

विभागका अनुसार, १५–२४ वर्ष उमेरसमूहका ५०.१ प्रतिशत युवतीहरू र ५६.४ प्रतिशत पुरुषहरूले आगामी वर्ष अझ जीवनस्तर सुधार गर्ने अपेक्षा राखेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्