
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा आवश्यक ४३ जना कर्मचारीलाई करारमा भर्ना गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आवश्यक कर्मचारीहरू करारमा भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।
मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा पनि ३२ जना कर्मचारी भर्ना गर्ने, वैद्यनाथ धाम विकास समिति गठन आदेश संशोधन गर्ने, कोभिड १९ रोगको नियन्त्रण रोकथाम र उपचारका लागि आवश्यक रकमको व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्री बोहराले बताए ।
पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामहरू अघि बढाउन प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बोहराले भने, ‘मन्त्रालयमा दरबन्दी रहेका तर, उपस्थित नभएका कर्मचारीहरूलाई प्रदेश सरकारले आफैं भर्ना गर्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश मार्गमा पर्ने डोटीमा झिग्रानादेखि बीचपानीसम्मको १५ किलोमिटरमा प्रदेश सरकारले जंगल सफारी तथा वनपथ निर्माण गर्न १५ लाख दिने निर्णय भएको प्रदेश अर्थमन्त्री बोहराले बताए ।