२२ जेठ २०८३, शुक्रबार

गाँजामाथिको प्रतिबन्ध हटाउन विमलेन्द्र निधिको माग

मंसिर २३, २०७७
गाँजामाथिको प्रतिबन्ध हटाउन विमलेन्द्र निधिको माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् ।

 विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताए ।
 
विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहिसकेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्