२४ असार २०८३, बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

मंसिर २३, २०७७
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सेती प्रादेशिक अस्पताल धनगढी मातहत थप ५० श्ययाको नयाँ कोरोना अस्थायी अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई विचार गरी सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल परिसरमा नयाँ अस्पताल बनाउने निर्णय भएको बैठकपछि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए। सो अस्पताल मातहत हाल ५० श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा रहेको छ ।

प्रदेश सरकारको आजको निर्णयपछि सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि १०० श्ययासहितको अस्पताल सञ्चालनमा आउने भएको छ ।   मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बैठकले प्रदेश मातहतका विभिन्न जिल्लाका आठवटा अस्पतालमा मिनी अक्सिजन प्लान्टको व्यवस्था गर्ने र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रिक्त रहेका प्राविधिक सेवाका दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्नेलगायतका निर्णयसमेत गरिएको मन्त्री सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्