
धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पूर्व–पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिका सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजार सडकखण्डमा बसको ठक्करबाट धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर बस्ने ३७ वर्षीय विवेक बस्नेतको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६१२३ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको ज११प ९५८८ नम्बरको मोटरसाइकललाई वीरेन्द्रबजारमा ठक्कर दिँदा बस्नेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।