२२ जेठ २०८३, शुक्रबार

रक्सी नखान आग्रह गर्दा पत्नीकोे जिब्रो काटिदिए पतिले

मंसिर २४, २०७७
रक्सी नखान आग्रह गर्दा पत्नीकोे जिब्रो काटिदिए पतिले

लखनउमा एक व्यक्तिले रक्सीको नसामा आफ्नै पत्नीको जिब्रो दाँतले काटेका छन् । जब पति साँझ रक्सीले लट्ठ हुँदै घर पुगे त्यसपछि दिनदिनै रक्सी पिउने गरेको भन्दै पतिपत्नीबीच झगडा शुरु भयो ।

झगडापछि पत्नीको घाँटी थिचेर हत्या गर्ने कोशिस गरे । तर जब यसमा उनी सफल हुन सकेनन् । तब जिब्रो नै दाँतले टोकेर काटिदिए । 

रिपोर्टअनुसार लखनउको तहशिलस्थित भट्टा गाउँका रिचित नामका पुरुष मदिराको नशामा बेलुका जब घर पुगे त पत्नीलाई मरणाशन्न हुनेगरी कुटपिट गरे ।

प्रहरीमा परेको जाहेरीअनुसार कुटपिटपछि घाँटी थिचेर हत्या गर्ने कोशिस गरेको बताइएको छ । जब उनी त्यसमा सफल भएनन् ।

अनि घाँटी दबाउँदा जब पत्नीको जिब्रो बाहिर निस्कियो, त्यतिबेलै दाँतले काटेर जिब्रो नै अलग गरिदिए । मुखबाट रगत आए पनि निर्ममताको सीमा नाघ्दै अझै पत्नीलाई कुटपिट गरिरहे ।

जब महिला कराएको आवाज छिमेकीले सुने अनि प्रहरीलाई खबर गरे । समयमै प्रहरी पुगेपछि घाइते महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेका छन् ।

पतिलाई प्रहरीले पक्राउ गरेको छ भने, महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । डिसिपी सेन्ट्रल सोमेन वर्माका अनुसार आरोपी रचित राणवतले कुटपिटपछि पत्नीको जिब्रो काटिदिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्