३१ जेठ २०८३, आइतबार

कम्युनिस्ट पार्टीका संस्थापक गौतमको निधन

मंसिर २४, २०७७
कम्युनिस्ट पार्टीका संस्थापक गौतमको निधन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ ।

विक्रम संवत् २००९ सालमा दाङमा कम्युनिस्ट पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका गौतमको बुधवार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कम्युनिस्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाल कम्युनिस्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।

उनको अन्तिम दाहसंस्कार बुधवारै दाङको शंखेपिपलमा ११ बजे गरिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्