२१ जेठ २०८३, बिहीबार

सम्पत्ति हत्याएर बृद्ध आमाबाबुलाई सहाराविहीन बनाउनेविरुद्ध कडा एक्सन लिँदै योगी सरकार

मंसिर २४, २०७७
सम्पत्ति हत्याएर बृद्ध आमाबाबुलाई सहाराविहीन बनाउनेविरुद्ध कडा एक्सन लिँदै योगी सरकार

बृद्ध बा–आमाको सम्पत्ति हत्याएर उनीहरुलाई घरविहीन बनाउने छोराछोरीविरुद्ध योगी सरकारले कडा एक्सन लिने भएको छ ।

यस्ता छोराछोरीविरुद्ध कडा कानुन बनाएर कार्यान्वयन गर्ने उत्तर प्रदेश सरकारले जनाएको छ ।

योगी खादित्यनाथको सरकारले बृद्ध आमाबाबु तथा ज्येष्ठ नागरिकको भरणपोषण एवं कल्याण नियमावली–२०१४ अनुसार सम्पत्तिबाट विमुख बनाउनका लागि संशोधनको तयारी गरेको छ । 

यस ऐन अनुसार जो छोराछोरीले आफ्ना आमाबाबुको हेरचाह गर्दैनन् तीनीहरुले अब कानुनी रुपमा पैतृक सम्पत्ति नपाउने गरी संशोधन गर्न लागिएको हो ।

उत्तर प्रदेशको स्टेट ल कमिसनले शासन संशोधनको ड्राफ्ट तयार गरेर संसदमा रिपोर्ट पेश गरिएको छ । 

यो नियमावली २०१४ मै बनेको थियो । तर, यसमा बृद्ध आमाबाबु र ज्येष्ठ नागरिकको सम्पत्ति सुरक्षित गर्नका लागि विस्तृत कार्यायोजना बनाइएको थिएन । 

बृद्ध आमाबाबुलाई सम्पत्ति हत्याएपछि घरबाट निकाल्ने गरेको अदालतमा भएका फैसलाबाट जानकारी हुन आउँछ ।

या त उनीहरुको ख्याल राख्नुको साटो आफ्नै आमाबाबुलाई पराईको जस्तो व्यवहार गर्दै आएको पाइएको छ ।

बृद्ध आमाबाबु र ज्येष्ठ नारिकको भरण पोषण र उनीहरुको सुरक्षाका लागि योगी सरकारले यो नियमावली संशोधनको तयारी गरेको हो ।

संशोधनपछि जो सम्पत्ति हत्याएर आमाबाबुलाई सहाराविहीन बनाउँछन्, उनीहरुको नाममा गइसकेको पैतृत सम्पत्ति पनि फिर्ता गर्नुपर्नेछ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्