
नेपाल प्रहरीको साइबर ब्यूरोले सञ्चालन गरेको विशेष अपरेशन ‘ह्याकर्स हन्ट’का क्रममा १ जनालाई पक्राउ गरिएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नबिन्द अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नवलपरासी पश्चिमको सुनबल नगरपालिका घर भई काठमाडौंको काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने १९ वर्षीय दिनेश तिवारीलाई पक्राउ गरिएको उल्लेख छ ।
निजी क्षेत्रको अनलाइन व्यापारमा अनाधिकृत प्रवेश गरेर डाटा सार्वजनिक गरी विद्युतीय कारोबार अपराध गरेकाले तिवारीलाई पक्राउ गरिएको जनाइएको छ ।
