०५ असार २०८३, शुक्रबार

चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मूर्ति स्तुपा भत्किँदैनः मन्त्री नेम्वाङ

मंसिर २४, २०७७
चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मूर्ति स्तुपा भत्किँदैनः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवान बुद्धको हजार मूर्ति स्तुपा नहटाइने बताएका छन् । 

मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवान बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्ने बुझाई प्रष्ट भएको बताए । 

उनले भने, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पूरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने छ ।’ 

उनले सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताए । उनले भने, ‘यो सरकार नयाँ संविधानद्वारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडि बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहान्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतिको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्