१९ असार २०८३, शुक्रबार

किमकी बहिनीले थर्काइन् दक्षिण कोरियाकी परराष्ट्रमन्त्रीलाई

मंसिर २४, २०७७
किमकी बहिनीले थर्काइन् दक्षिण कोरियाकी परराष्ट्रमन्त्रीलाई

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी यो जोङले उत्तरमा कोरोनाको एउटा पनि संक्रमण नरहेको विषयमा दक्षिण कोरियाकी परराष्ट्रमन्त्रीले शंका व्यक्त गरेपछि थर्काएकी छन् । बुधवार उनले बयान जारी गर्दै यस्ता टिप्पणीको परिणाम राम्रो नहुने बताएकी छन् । 

दक्षिणकी परराष्ट्रमन्त्री खाङ ख्युङ–व्हाले उत्तरमा कोरोनाको एउटा पनि संक्रमण नभएको कुरा पत्याउन नसकिने भनी टिप्पणी गरेकी थिइन् । महामारी व्यवस्थापनका लागि सहकार्य गर्न दक्षिण कोरियाले प्रस्ताव गर्दा उत्तरले जवाफ नदिएको उनले बताइन् । 

यो जोङले यसमा प्रतिक्रिया दिँदै बताइन्, ‘उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धलाई थप चिस्याउनका लागि उनी अति उत्सुक छिन् भन्ने कुरा उनको अनियन्त्रित टिप्पणीले स्पष्ट पारेको छ ।’

‘उनको वास्तविक उद्देश्य स्पष्ट छ । हामी उनको शब्द कहिले पनि बिर्सने छैनौं र उनले यसका लागि महंगो मूल्य चुकाउनुपर्नेछ ।’

यो जोङको बयानले उत्तर कोरिया आफ्नो छविमा कुनै पनि प्रश्न उठाएको सहन सक्दैन भन्ने देखाएको छ । महामारी र आर्थिक सुस्तताका कारण उत्तर अहिले ठूलै समस्यामा छ । 

देशमा एउटा पनि भाइरस नरहेको भनी दाबी गरे पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले महामारीविरुद्ध चरम सतर्कता अभियान चलाइरहेको खबर दिएका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ, कूटनीतिकर्मीहरूलाई बाहिर पठाएको छ र कोरोनाको लक्षण देखिएका मानिसलाई आइसोलेसनमा राखेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्