२२ जेठ २०८३, शुक्रबार

दीपिकाको निर्दोष मुस्कान एथेन्स एयरपोर्टको ग्यालरीमा

मंसिर २४, २०७७
दीपिकाको निर्दोष मुस्कान एथेन्स एयरपोर्टको ग्यालरीमा

बलिउड अभिनेत्री दीपिका पादुकोण बी–टाउन इन्डस्ट्रकी टप हसिनामाध्ये एक हुन् ।

फिल्म ‘ओम शान्ति ओम’ बाट डेब्यु गरेकी दीपिकाले अहिलेसम्म कैयौं फिल्ममा काम गरिसकेकी छन् । 

दीपिकाले बलिउड मात्रै होइन, हलिउडमा पनि आफ्नो स्थान बनाइसकेकी छन् । 

एकपटक फेरि उनले आफ्नो सादगी मुस्कानले पूरै दुनियाँको दिल जित्न सफल भएकी छन् । 

निर्दोपना दखाउने यो मुस्कान अब दुनियाको धरोहरका रुपमा स्थापित भइसकेको छ । 

एथेन्स एयरपोर्टमा विश्वका केही विशिष्ट व्यक्तिको मुस्कुराइरहेको अनुहारको प्रतिमा बनाएर राखिएको छ । 

यी प्रतिमामा भएको मानिसहरुको मुस्कानलाई ‘प्रामाणिक मुस्कान’ मानिएको छ । यीनमा दीपिकाको स्ट्याचु पनि राखिएको छ । 

यद्यपि प्रतिमाको साथमा हरेक व्यक्तिको नाम भने जोडिएको छैन । हरेक प्रतिमामा उस व्यक्तिको पेशा र देशको नाम भने लेखिएको छ । 

यसका साथै यी प्रतिमा के बाट बनेका हुन् भन्ने पनि लेखिएको छ । 

दीपिकाको यस प्रतिमामा उनी सारी र गलामा परम्परागत चोकर लगाइएको छ । दीपिकाको यो लुक्स बेङलुरुमा भएको एक विवाह रिसेप्सनको थियो । 

दीपिको तस्वीर मुनि लेखिएको छ, ‘भारतीय बलिउड अभिनेत्री एथेन्स इन्टरनेसनल विमानस्थलमा मुस्काउँदै । ग्रे मार्बल, २०२० एडी ।’

दीपिका पादुकोणको यो तस्वीर सामाजिक सञ्जालमा शेयउर भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्