३१ जेठ २०८३, आइतबार

शिक्षकबाटै १४ वर्षीया विद्यार्थी बलात्कृत

मंसिर २४, २०७७
शिक्षकबाटै १४ वर्षीया विद्यार्थी बलात्कृत

झापाको दमकमा  एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्।  दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने एक १४ वर्षीया  बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

प्रहरीका अनुसार अभियुक्त शिक्षक फरार भएका छन् र उनको खोजी भइरहेको छ। स्थानीयका अनुसार ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन्।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको विषयमा उजुरी आएसँगै प्रहरी अनुसन्धानमा जुटेको बताएका छन्। अनुसन्धानका क्रममा ती शिक्षक भारतीय भएको र उनी हाल  फरार भइ भारत छिरेको पण्डितले जानकारी दिए।

ती १४ वर्षीया  बालिका हाल परिवारकै साथमा रहेकी छिन्। बालिकाको पेटमा ६ हप्ताको बच्चा रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्