
मोरङको मिक्लाजुङमा मंसिर २३ गते भएको शिक्षक हत्याको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन शुरू गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधवार एक विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय विराटनगरले अनुगमन गरिरहेको जानकारी गराएका हुन् ।
साथै आयोगले घटनाप्रति गम्भीर खेद प्रकट गर्दै दोषीलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
आयोगले हत्या-हिंसा नगर्न र हरेक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह समेत गरेको छ ।
मोरङको मिक्लाजुङ- १ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको यही मंसिर २३ गते विप्लवका कार्यकर्ताले हत्या गरेका थिए ।