
इंल्याण्डको यार्कशायरमा पूर्व ग्यामर मोडल ट्रेसी सिक्सनले प्रहरीविरुद्ध केस जितेकी छन् ।
ट्रेसीको आरोप थियो कि जब उनी आफ्नो गार्डेनमा न्यूड भएर सनबाथ लिइरहेकी थिइन्, तब प्रहरीको हेलिकप्टरको प्रयोग गरेर उनको भिडियो बनाइएको थियो ।
ट्रेसीले यस विषयमा करिब २ करोड रुपैयाँ मानहानीको दावी गरेकी थिइनु ।
मिरर वेबसाइटको रिपोर्टअनुसार यस विषयमा प्रहरीले ट्रेसीको साथ सेटलमेन्ट गरेको बताएको छ । यद्यपि २ करोड रुपैयाँ मानहानीको विषयमा प्रहरीले केही बताएको छैन ।
ट्रेसीले भनिन्, ‘यी व्यक्ति आफ्नो आनन्दका लागि सरकारी हेलिकप्टर प्रयोग गर्ने गर्दछन् । र अपराधिमाथि नजर राख्नुको साटो आनन्द लिन प्रयोग भइरहेका छन् । यस्ता प्रहरी जनताका लागि पनि खतरा बन्दछन् ।’
५४ वर्षीयाका अनुसार प्रहरीले उनको गोपनियताको हनन गरेको छ । यस घटनाका माध्यमबाट आफूलाई मानसिक तनाव दिएको बताएकी छन् ।