२८ जेठ २०८३, बिहीबार

वैध उत्खननमा लगाइएका दुई जेसिबीसहित टिपर र ट्रयाक्टर नियन्त्रणमा

मंसिर २४, २०७७
वैध उत्खननमा  लगाइएका दुई जेसिबीसहित टिपर र ट्रयाक्टर नियन्त्रणमा

स्याङजा प्रहरीले अवैध उत्खननमा लगाइएका दुई जेसिबी, टिपर र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

गालिगण्डकी गाउपालिकास्थित बगरमा अवैध उत्खनन गरिरहेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरीले जेसिबीसहित टिपर र ट्रयाक्टर नियन्त्रणमा लिएको हो । 

बा. २ क. ७७६५ नम्बरको जेसिबी,  लु. २ ख. २४६६ नन्बरको टिपर र लु ४ त ६५६५ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि गाउँपालिकामा बुझाइएको प्रहरीले जनाएको छ । 

गाउँपालिकाले नियन्त्रणमा लिएका मशिनलाई २५ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले पुतली बजार नगरपालिका–३ चप्पाखोलामा अवैध उत्खनन गरिरहेको ग १ ३७४६ नम्बरको जेसिबी नियन्त्रणमा लिएको जनाएको छ ।

आवश्यक कारबाहीका लागि नगरपालिकामा बुझाइएकोमा नगरपालिकाले एक हजार ५० रुपैयाँ जरीवाना तिराएर छाडेको छ । 

salt training

कमेन्ट गर्नुहोस्