
पछिल्लो २४ घन्टामा १ हजार २ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै १ हजार ६४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, १ हजार २ सय १७ कोरोना संक्रमित थपिएसँगै हाल मुलुकभर संक्रमितको संख्या १ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
यसैगरी १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म मुलुकभर २ लाख ३१ हजार ६ सय १ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यससँगै मुलुकभर हालसम्म १ हजार ६ सय ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।