२७ असार २०८३, शनिबार

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् नगद एक एक लाख

मंसिर २५, २०७७
‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् नगद एक एक लाख

डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । 

मंसिर १२ गतेदेखि मंसिर १८ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो । 

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा  लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १ लाख नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नम्बर ०२५१९२९४६९१ बिजेता बन्न सफल भएका छन् ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र मंसिर २६ गते शुक्रवार साँझ ५ बजे शोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा हुने छ ।

मंसिर १९ गते शुक्रवार देखि मंसिर २५ गते बिहिबारसम्म डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत  फन्ड ट्रान्सफर  सेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मंसिर २६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली ड्र मा सहभागी गराएको डिशहोमले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्