३२ असार २०८३, बिहीबार

पृथ्वी चेप्टो छ भन्दै परीक्षण गर्नेको रकेट दुर्घटनामा मृत्यु [भिडियो]

मंसिर १७, २०७७
पृथ्वी चेप्टो छ भन्दै परीक्षण गर्नेको रकेट दुर्घटनामा मृत्यु [भिडियो]

पृथ्वी गोलो नभई चेप्टो छ भन्ने कुरा साबित गर्नका लागि एक अमेरिकी अन्तरिक्षयात्रीको शनिवार आफैंले बनाएको रकेट दुर्घटना भएपछि मृत्यु भएको छ । 

उनको रकेट आकाशमा त पुग्यो तर माथि जानेबित्तिकै विस्फोट भयो । माइक ह्युजेज नामक ती अन्तरिक्षयात्रीको मृत्यु विस्फोटमा भयो । 

घटनाको जानकारी साइन्स च्यानलले ट्विटरमा दिएको हो । ट्वीटमा लेखिएको छ, ‘ह्युजेज पहिलेदेखि नै अन्तरिक्षमा रकेट प्रक्षेपण गर्न चाहन्थे ।’

उनी लिमोजिन डाीका चालक पनि थिए । सन् २००२ मा उनले आफ्नो लिमोजिन कारलाई १०३ फीटमाथिबाट जम्प गराएर विश्व कीर्तिमान बनाएका थिए । 

घटनाको भिडियोमा रकेट माथि जाँदा प्याराशूट फाटेको देखिन्छ । बाफबाट उड्ने रकेट माथि त गयो तर १० सेकेन्डमै पृथ्वीमा खस्यो । मरुभूमिमा खसिरहेको रकेटको अनौठो आवाज पनि सुनिन्छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार, प्रक्षेपणका बेलामा रकेट कुनै कुरामा ठोकियो र प्याराशूट च्यातियो । दुर्घटनाको कारण त्यही भएको मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्