
नासाका वैज्ञानिकले पहिलोपटक अन्तरिक्षमा मुला फलाएका छन् । यससँगै अन्तरिक्षमा उत्पादनका लागि महत्वपूर्ण सफलता हासिल गरेको नासाले जनाएको छ ।
खबर अनुसार २०२१ मा यो मुला पृथ्वीमा ल्याइनेछ । नासाका अन्तरिक्ष यात्री र फ्लाइट इन्जिनियर केट रुबिन्सले अन्तरिक्षमा १५ मुला फलेर उखेलेको र कोल्ड स्टोरेजमा राखेका छन् ।
मुलाको पातसम्मै उखेलेर राखिएको यो मुलालाई २०२१ मा पृथ्वीमा ल्याइने नासाले जनाएको छ ।
नासाले अन्तरिक्षमा मुला फलाउन सफल भएकोबारे जानकारी शेयर गर्दै वैज्ञानिकले यस उत्पादनलाई हेबिटेड–०२ राखेका छन् ।
अन्तरिक्षमा मुला फलाउनुको सबैभन्दा ठूलो कारण के हो भने, यो मुलाको प्रजाति २७ दिनमै तयार हुन्छ । यसका साथै मुलामा पर्याप्त पोषक तत्व पाइनुका साथै खान लायक पनि हुन्छ ।
धेरै विचार गरेर मुला फलाइएको नासाका वैज्ञानिहरुले बताएका छन् । यो मुलाको प्रयोग सोधमा गरिनेछ । मुला पौष्टिक हुनुका साथै छिटो फल्ने तरकारीमा पर्दछ ।
अन्तरिक्ष यात्री अन्य वस्तु पनि फलाउन सक्ने थिए तर, मुलालाई नै छनोट गर्नुको कारण छिटो फल्ने भएकाले हो ।