०४ असार २०८३, बिहीबार

कोरोनाविरुद्धको खोप कसरी नेपाल ल्याउने भन्नेबारे सीसीएमसीमा मन्त्री र सचिवहरूसँग छलफल

मंसिर २६, २०७७
कोरोनाविरुद्धको खोप कसरी नेपाल ल्याउने भन्नेबारे सीसीएमसीमा मन्त्री र सचिवहरूसँग छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोभिड– १९ विरुद्धको खोपका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार भएको छलफलमा कोभिड– १९ विरुद्धको खोप नेपालमा कसरी ल्याउने र कसरी वितरण गर्ने भन्नेबारे छलफल भएको हो । 

छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

यसका अलावा विदेशबाट खोप ल्याउँदा भूमिका खेल्नुपर्ने गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका सचिवहरू पनि छलफलमा सहभागी थिए ।

त्यसक्रममा संयोजक पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने गरी तयारी थाल्न निर्देशन दिएका थिए । 

बेलायत, क्यानडा लगायतका मुलुकले कोभिड– १९ विरुद्धको खोप लगाउन अनुमति दिएका छन् ।

फाइजर लगायत केही कम्पनीले बनाएको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्