१६ असार २०८३, मंगलबार

प्रियंकाले सार्वजनिक गरिन् बालापनको तस्वीर, चिन्नै मुस्किल !

मंसिर २६, २०७७
प्रियंकाले सार्वजनिक गरिन् बालापनको तस्वीर, चिन्नै मुस्किल !


बलिउडका दिग्गज स्टारहरु समय–समयमा सामाजिक सञ्जालमा आफ्नो बालापनको तस्वीर शेयर गर्दछन् । उनीहरुको बालापनको तस्वीर दर्शकका लागि सँधै पर्खाइको विषय बन्छन् । 

हालै केही दिनयता एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, यसपटक जसको तस्वीर भाइरल भइरहेको छ, उसलाई अहिलेको व्यक्तित्वसँग तुलना गर्ने हो भने पत्याउन मुस्किल हुन्छ । 
बुवाको कपडामा देखिइन् अभिनेत्री 

यो तस्वीर बलिउड अभिनेत्री प्रियंका चोपडाको हो ।  बलिउडकी देशी गर्ल मानिने प्रियंका आफ्नो बोल्ड अवतारका रुपमा अहिले परिचित छिन् । तर, उनको बालापनको तस्वीरले दर्शकलाई हैरानी मात्रै पारेको छैन, कुनैबेला यीनको लुक्स यस्तो थियो र ? भन्ने अन्योलमा समेत पारेको छ । 

उनले आफ्नो बालापनको यस्तो तस्वीर शेयर गरेकी छन्, जो कसैले चिन्न सक्ने अवस्था छैन । उनको त्यतिबेलाको लुक्स र अहिलेको लुक्समा आकाश पातालको फरक देखिन्छ । 

इन्स्टाग्राममा आफ्ना बुवाको आर्मी पोशाक लगाएको फोटो पोस्ट गरेकी छन् । लाइक मात्रै होइन, कमेन्ट र शेयर पनि भइरहेको छ यो तस्वीर । 

फोटोको साथमा उनले क्याप्सन पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘यो तस्वीरु मेरो नयाँ आउने किताब एल्बमका लागि हो । म मेरा बुवाको आर्मी ड्रेस लगाउन राम्रो मान्थेँ, किनकी ठूली भएर म पनि बुवाजस्तै देखिन चाहान्थेँ । उहाँ मेरो आदर्श हुनुहुन्थ्यो । उहाँले मेरो एडभेन्चर सेन्सलाई जहिले पनि प्रोत्साहन दिनुभयो ।’

उनले आफ्नो बालापनको याद गर्दै उमेर सानै भए पनि केही नयाँ काम गर्नमा रुची राख्ने गरेको बताएकी छन् । ‘एक सानी बच्च भएर पनि सँधै चुनौतीपूर्ण काम गर्न नै मन पराउथेँ । एडभेन्छर गर्न चाहन्थेँ । केही नयाँ काम गर्ने ध्याउन्नमै हुन्थेँ । जो पहिला कसैले नगरेको होस् । म सँधै अरुभन्दा एक कदम अघि नै हुन चाहान्थेँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्