२४ असार २०८३, बुधबार

जब प्रहरीले बृद्ध महिलालाई पिठ्यूँमा बोकेर सडक पार गराए...भिडियो

मंसिर २६, २०७७
जब प्रहरीले बृद्ध महिलालाई पिठ्यूँमा बोकेर सडक पार गराए...भिडियो

बुढेसकालमा हाम्रो शरीरले त्यति साथ दिँदैन । जति जवानीमा हुन्छ । बढ्दो उमेरसँगै हाम्रा हड्डी पनि कमजोर हुँदै जान्छन् । जसकारण हिँडडुलमा साह्रै समस्या हुन्छ । 

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनिरहेको छ । जसमा एक बृद्ध महिला सडक पार गर्न निकै समय लगाउँछिन् । 

एक प्रहरीले यो देखेपछि बृद्ध महिला नजिकै आए । र उनलाई आफ्नो पिठ्यूँमा बाकेर सडक पार गराए । भावुक बनाउने यो भिडियो चीनको हो ।

एक मिनेट ३ सेकेन्डको यो भिडियोमा दुनियाँमा अझै पनि मानवियता जिउँदै छ भन्ने देखाउँछ । चाइना डेलीले यो भिडियो शेयर गरेको छ । 

भिडियोमा देख्न सकिन्छ कि गाडीको भीडले भरिएको सडक पार गर्न बृद्ध महिला कोशिस गरिरहेकी छन् । शारीरिक रुपमा कमजोर भएकाले सडक पार गर्न मुस्किल भइरहेको देख्न सकिन्छ ।

त्यतिबेला नै जेब्रा क्रसिङ नजिक प्रहरी अधिकारी आउँछन् र ती बृद्ध महिलालाई आफ्नो पिठ्यूँमा राखेर सडक पार गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्