१४ असार २०८३, आइतबार

चितवनमा सवारी दुर्घटनामा मृत्यु हुने अधिकांश पुरुष

मंसिर २६, २०७७
चितवनमा सवारी दुर्घटनामा मृत्यु हुने अधिकांश पुरुष

जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतसाउनदेखि हालसम्म भएका १५८ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ३३ पुरुष, तीन महिला, एक बालक र तीन बालिका रहेका छन् ।

एक सय २३ गम्भीर घाइते र १४० सामान्य घाइते भएका छन् । दुर्घटनामा १८३ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

ती दुर्घटनामा पर्नेमा सबैभन्दा वढी १२० मोटरसाइकल रहेका छन् । यस्तै ट्रकटेङ्कर ४४ , जिप कार २९, टेम्पो १३, बस १२ , ट्याङ्कर नौ, शरीरिक शक्तिबाट चल्ने नौ, ट्रिपर तीन र अन्य एउटा रहेको कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पर्नेमा २५ देखि ३६ वर्ष उमेर समूहका बढी रहेका छन् ।

पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको उहाँले बताउनुभयो । तीव्र गतिमा मोटरसाइकल चलाउने युवा पुस्ता बढी भएकाले मोटरसाइकल बढी दुर्घटना हुने गरेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा १०७ को मृत्यु भएको थियो । सो समयमा २६१ दुर्घटनामा ४२१ सवारी साधन परेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्