
मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मङ्सिर २३ गते बिहान अपहरण पश्चात भएको हत्याको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।
जघन्य हत्याका दोषीलाई कानुन सम्मत कारवाही गर्न समाज सरकारसँग माग गरेको छ । हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने समाजले सम्बन्धित सबैलाई स्मरण गराएको महासचिव सुशील बस्नेतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।