०२ असार २०८३, मंगलबार

एक होइन, १० महिलासँग सम्बन्ध राख्छु भन्दै पत्नीलाई दिए डिभोर्स !

मंसिर २७, २०७७
एक होइन, १० महिलासँग सम्बन्ध राख्छु भन्दै पत्नीलाई दिए डिभोर्स !

तीन तलाकको घटना रोक्न भारत सरकारले कडा नियम बनाएको छ । तर, पनि भारतमा यस्ता घटना नियन्त्रण हुन सकेका छैनन् । 

केही दिनअघि तीन तलाकसँग जोडिएको घटना सार्वजनिक भएको छ । यो घटना तीन तलाकसँग मात्रै होइन, पुरुषको बयान सुनेपछि सबै छक्क पर्नेछन् । 

महाराष्ट्रको बुलढाण जिल्लामा पतिको अवैध सम्बन्धलाई जब पत्नीले विरोध गरिन्, तब पति आक्रोशमा आए । पतिले ‘एकसँग मात्रै होइन, १० महिलासँग सम्बन्ध राख्छु’ भन्दै पत्नीलाई तीन तलाक दिएका छन् । 

बुढाणामा तीन तलाकको घटनालाई लिएर महिलाका पति, उनका आमाबुवालाई तीन तलाकको नयाँ कानुन अनुसार मुद्दा दर्ता भएको छ । चिखली शहरमा रहँदै आएका माहसिनको विवाह शेगान्व शहकी महिलासँग डेढ वर्षअघि भएको थियो । 

‘मेरो पतिका कैयौं अवैध सम्बन्ध थिए । त्यसो नगर्न सम्झाउँदा पनि उनीहरुसँग सम्बन्ध बनाउन छाडेनन्’ पीडित महिलाले भनेकी छन् । जब पीडित महिलाले यो कुरा माइतीमा भनिनु, तब उनका पतिले निकै कुटपिट गरे । 

पतिले पीडित महिलाको घरमै आएर ‘एक होइन, १० महिलासँग सम्बन्ध राख्छु, म तलाई तलाक दिन्छु’ भन्दै तीन तलाक दिएर निस्किए । 

शेगान्व प्रहरीले पीडित महिलाको उजुरीपछि पति, उनका मातापितामाथि आइपीसी धारा १९८, ३२३ र मुस्लिम महिला विवाह संरक्षण अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्