
कोरोनाका कारण दैनिक काम गरिखानको जीन्दगीमा यति ठूलो असर परेको छ कि जसलाई शब्दमा बयान गर्न मुस्किलै पर्छ ।
नेपालमा पनि कोरोनाका कारण कैयौंले आत्महत्या गरेका खबरहरु आइरहका थिए । तर, भारतमा एक अनौठो घटना भएको छ ।
जहाँ डेरामा बस्दै आएका एक मजुदुरलाई ब्याजमा १० हजार रुपैयाँ लिनु आफ्नी पत्नीलाई ब्याजका रुपमा दिएर चुकाउनु परेको छ ।
यो घटना भारतको अररिया जिल्ला अन्तर्गत जोगवनी अमाना पञ्चायतको हो । खबर अनुसार मुम्बईको महारष्ट्रमा एक जना मजदुरी गर्दै आएका थिए ।
लकडाउनअघि उनले गाउँका एक व्यक्तिसँग १० हजार रुपैयाँ सापटी लिएका थिए । जसलाई फिर्ता माग्न ब्याजवाला मजदुरको घरमा पटकपटक आउँथे ।
मजदुर विनोद कुमारका अनुसार बैंकमार्फत पैसा फिर्ता गरिएको थियो ।
तर, ब्याजवापतको भन्दै मजदुरकी पत्नीलाई प्रयोग गरिरहेका थिए । जसको विरोध गर्नु उनलाई महँगो सावित भयो ।
ब्याजवालाले प्रहरी चौकीभन्दा एकसय मिटरको दूरीमा खुलेयाम मजदुरलाई कुटपिट गरे । उक्त घटनाको दृश्य सामाजिक सञ्जालमा पोस्ट भएपछि अहिले निकै भाइरल बनिरहेको छ ।
स्थानीयका अनुसार कोरोनाका कारण काम नभएपछि विनोद निकै तनावमा थिए । यस्तोमा चाहेर पनि उनले प्रतिवाद गर्न सकेकनन् ।
उनको त्यही कमजोरीको फाइदा उठाउँदै ब्याजवालाले मजदुरकी पत्नीसँग रात बिताउन थाले ।
ती ब्याजवालाको नाम अशोक दास हो । जो पटकपटक अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा जेल पनि गइसकेका छन् ।
प्रहरीमा राम्रो पहुँच भएका कारण स्थानीयलाई दुःख समेत दिँदै आएका छन् ।