
पति र पत्नीबीच प्रायः ठ्याकठुक परिरहन्छ । तर, यहाँ झगडापछि जो भयो त्यसले सबैको होस उडाएको छ ।
अबरअनुसार एक रात पतिपत्नीबीच केही कुरामा विवाद भएको थियो । पत्नीले सहन गर्न नसकेर आफ्नो शरीरमा आगो लगाइन् । पति बचाउनका लागि दौडिए तर उनी पनि त्यही आगोमा लटपटिए । उपचारका क्रममा दुवैको मृत्यु भयो ।
मृत्युपछि पोस्टमार्टम रिपोर्ट देखेर सबै चकित परे । प्रहरीलाई प्राप्त महिलाको पोस्टमार्टम रिपोर्ट अनुसार उनी महिला नभएर पुरुष भएको खुलेको छ । रिपोर्टबाट दुवैको वास्तविकता खुलेको छ । दुई युवक पती पत्नी बनेर सँगै बस्दै आएका थिए ।
शुजालपुरका ड्राइभर एक युवकले भेसवा निवासी सजातीय सँग प्रेम गरेका थिए । सन् २०१२ मा दुवैले सँगै रहने निर्णय गरे । पुरुष युवकको परिवारले पनि सहमति दियो । जबकी महिला बनेका युवकको परिवारले सहमति दिएन ।
त्यसपछि दुवैले प्रेम विवाह गरेर सीहोरमा बस्न थाले । दुई वर्षपछि परिवारले बच्चाका लागि दवाव दिए । त्यसपछि उनीहरुले आफ्नो भाइको छोरालाई धर्मपुत्र बनाए ।
एक महिनाअघि दुई पतीपत्नीबीच झगडा भएको स्थानीयले बताएका छन् । पत्नीले आफैंलाई अगो लगाएपछि बचाउन गएका पतिको पनि मृत्यु भयो ।