०९ असार २०८३, मंगलबार

‘द डर्टी पिक्चर’ की अभिनेत्री आर्या बनर्जी मृत भेटिइन्

मंसिर २७, २०७७
‘द डर्टी पिक्चर’ की अभिनेत्री आर्या बनर्जी मृत भेटिइन्

सन् २०२० बलिउड इन्डस्ट्रीका लागि सबैभन्दा खराब भयो । यही वर्ष कैयौं स्टारहरुको मृत्यु भयो । कैयौंले त आत्महत्या गरेर आफ्नो जीवन समाप्त पारेका छन् । 

केही दिनअघि मात्रै एउटी दक्षिण भारतीय अभिनेत्रीको आत्महत्याको खबरपछि अहिले बलिउडकी अर्की अभिनेत्रीको पनि मृत्युको खबर आएको छ । ‘द डर्टी पिक्चर’ फिल्ममा विद्या बालनका साथ काम गरेकी अभिनेत्री आर्य बनर्जी मृत्यु भएको छ । जसले सबैलाई हरानीमा पारेको छ । 
उनको शव दक्षिण कोलकाताको जोधपुर पार्कस्थित आवासमा पाइएको छ । प्रहरीले घटनास्थलमा शव विस्तरामा पल्टिएको र रगत लतपतिएको थियो । 

प्रहरीले बाहिरबाट ढोका फोडेर भित्र पसेको थियो । उनको नाकबाट रगत निस्किएको थियो, नजिकै वान्ता भएको पनि पाइएको छ । 

उनका मेडले आर्यालाई केही अचानक भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । ‘म काममा पुगेपछि अभिनेत्रीलाई फोन गरेँ, तर फोन उठेन । ढोका पनि नखुलेपछि मैले प्रहरीलाई खबर गरेको हुँ,’ मेडले भने । 

प्रहरी अहिले मृत्युको कारणबारे छानबिन गरिहेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आर्य बनर्जी मशहुर सितारवाद निखिल बनर्जीकी छोरी हुन् । आर्यको वास्तविक नाम देवदत्ता थियो । 

प्रहरीका अनुसार बनर्जी आफ्नो घरमा एक्लै कुकुरको साथमा रहन्थिन् । उनकी दिदी सिंगापुरमा बस्दै आएकी छन् । उनको घरबाट कैयौं रक्सीका बोतलहरू पनि फेला परेका छन् । केही दिनदेखि अनलाइन डेलिभरी मार्फत खाना मगाउन गरेको प्रहरीले बताएको छ । 

उनले आफ्नो फिल्मी करिअर ‘लभ, सेक्स र धोका’ फिल्मबाट शुरु गरेकी थिइन् । त्यसपछि उनी ‘द डर्टी पिक्चर’मा देखिएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्