२१ असार २०८३, आइतबार

दुई लाख भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

मंसिर २७, २०७७
दुई लाख भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित शुक्रबार साँझ पक्राउ गरेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्