
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ ।
नव निर्वाचित कार्य–समितिका उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन् । चारवर्षे कार्यकालको लागि भएको निर्वाचनमा सदस्यहरुमा कदम जोशी प्रधान, भोला कुमार श्रेष्ठ र आर्या सिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएका छन् । नवनिर्वाचि पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
कोरोना भाइरस (कोभिड–१९) को कारण २५ जना भन्दा बढी शेयर सदस्यलाई भेला गर्न नहुने निर्देशन पछि संस्थाले मंसिर ११ देखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउण्टरहरुमा शेयर सदस्यहरुको नामावली दर्ता भएपछि प्रतिनिधित्वको रुपमा आयोजना गरिएको भन्दै साधारणसभामा संस्थाका सचिव सुरेन्द्र भण्डारीले कोरोना भाइरस(कोभिड–१९) संक्रमणको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण भविष्यमा पर्न सक्ने असरको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।