०७ असार २०८३, आइतबार

चार करोडको लागतमा वडा कार्यालय निर्माण

मंसिर २७, २०७७
चार करोडको लागतमा वडा कार्यालय निर्माण

काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ । 

कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुई वर्षको समयमा निर्माण भएको भवन २५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको र चार तले छ । 

भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन वास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ । भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिको कक्षलाई समेत व्यवस्थित गरिएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष शोभा सापकोटाले भवनमा वास्तुपूजा गरी गृह प्रवेश गरिन् । भाडामा बसेको कार्यालय सानो र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भएको बताउँदै वडाध्यक्ष सापकोटाले केही दिनभित्र नयाँ भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिइन्। 
 

कमेन्ट गर्नुहोस्