२० असार २०८३, शनिबार

पञ्चपुरीका कर्मचारीलाई फेसबुक र टिकटक चलाउन निषेध

मंसिर २७, २०७७
पञ्चपुरीका कर्मचारीलाई फेसबुक र टिकटक चलाउन निषेध

सुर्खेतको पञ्चपुरी नगरपालिकाका कर्मचारीले अब कार्यालय समयमा फेसबुक र टिकटक चलाउन नपाउने भएका छन् । नगरपालिकाको शुक्रबार बसेको बैठकले कार्यालयको काममा असर परेको भन्दै फेसबुक र टिकटक निषेध गरेको हो । 

कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन नपाउने निर्णय गरेको हो । सामाजिक सञ्जालमा कर्मचारीहरु व्यस्त हुने भएकाले सेवाग्राहीलाई मर्का परेको भन्ने गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । 

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहनबहादुर बुढाकाअनुसार कार्यालयमा कर्मचारी हरुले फेसबुकमा व्यस्त समय खर्च गरेको पाइएमा जवाफ सोधिनेसमेत भएको छ । 

बुढाले कार्यालयमा बसेर सरकारी पोसाक मै टिकटक बनाउने, फेसबुक, टिकटकमा पोष्ट गर्ने, विभिन्न कार्यालयको कामभन्दा अन्य विषयमा पोष्ट, कमेन्ट गर्ने जस्ता काम हुने गरेको हुदा यस्तो नियम लगाएको बताए ।

नगरपालिका मातहतका सरकारी कार्यालयमा यो नियम पुर्णरुपमा लागू हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्