१२ साउन २०८३, मंगलबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मंसिर २७, २०७७
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका-४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका-८ घर भएका २८ वर्षीय मिलन राना मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

युवतीको बिषयलाई लिएर बिहीबार राति राना मगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका-११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्