
आफ्नै आमामाथि गम्भीर आरोप लगाउँदै एक युवती प्रहरी कार्यालय पुगेकी छिन् ।
आफ्नी आमाले २ वर्षअघिदेखि देश व्यापारका लागि आफूलाई बाध्य पारेको ती युवतीले बताएकी छिन् ।
भारतको राजस्थानस्थित बाडमेर जिल्लामा यस्तो घटना भएको हो ।
बाडमेरको नागाणा पुलिस कार्यालयमा एक विवाहित युवतीले प्रहरीसामु यस्तो बताएकी हुन् ।
उनले आमाको कारण आफ्नो जीवन समेत खतरामा रहेको बताएकी छिन् ।
२ महिना अघि ती युवतीले एक युवकसँग विवाह गरेकी थिइन् । विवाहपछि पनि आमाले आफ्नो पिछा गरिरहेको उनले बताएकी छिन् ।
प्रहरीका अनुसार, यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।