
शनिबार राति कालीगण्डकी गाउँपालिकामा रहेको एक डोजरमा आगलागी भएको छ ।
गाउँपालिकाको पाँच नम्बर वडा नजिकै राखिएको डोजरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका अनुसार शनिबार दिनभर सोही वडामा सडक खन्ने काम गरिरहेको थियो ।
डोजरमा आगलागी भएको भन्ने खबर पाएपछि अनुसन्धानका लागि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
आगलागीबाट डोजर पूर्ण रुपमा जलेको छ ।