०२ असार २०८३, मंगलबार

आफ्नै आमाले छोरीलाई देहव्यापारमा लगाइन्, बिहेपछि पनि नछाडेपछि प्रहरीको शरणमा

मंसिर २८, २०७७
आफ्नै आमाले छोरीलाई देहव्यापारमा लगाइन्, बिहेपछि पनि नछाडेपछि प्रहरीको शरणमा

राजस्थानको बाडमेर जिल्लामा आमाछोरीको सम्बन्धमै नकारात्मक सोच पैदा गर्ने खबर सार्वजनिक भएको छ । आमाले बरु आफ्नो जीवन नै सकिए पनि सन्तानको रक्षा गर्छन् । तर, यहाँको घटना हेर्दा आफ्नै आमाले छोरीलाई जानी जानी नर्कको ढोकातिर धकेलेको पाइएको छ । 

छोरीले आफ्नी आमामाथि देह व्यापारमा लगाएको आरोप लगाएकी छन् । यतिमात्र होइन दुई वर्षदेखि देह व्यापारका लागि बाध्य गराएको बताएकी छन् । जब छोरी सहन गर्न नसक्ने अवस्थामा पुगिन् ।

तब उनी प्रहरीकहाँ शरण लिन गइन् । आफ्नो कहानी सुनाएर प्रहरीसँग न्यायका लागि अपिल गरिन् । नवविवाहित छोरीले आफ्नै आमाबाट ज्यानको खतरा रहेको भन्दै सुरक्षा गरिदिन अनुरोध गरेकी छन् । 

बाडमेर जिल्लाको नागाणा थाना क्षेत्रमा एक विवाहित महिलाले प्रहरी अधीरक्षक समक्ष आफ्नी आमा र एक समूहद्वारा देह व्यापारमा धकेल्न बाध्य गराएको उजुरी दिएकी छन् । 

दुई महिनाअघि उनले आफ्नै चाहनाले विवाह गरिन् । तर, त्यसपछि पनि उनकी आमालाई चित्त बुझेन । जसबाट नवविवाहिता छोरीको जीन्दगी पूरै बर्बाद गर्न लागिपरिन् । सहन गर्न नसक्ने भएपछि छोरी प्रहरीको शरणमा पुगेकी हुन् । 

पीडितको उजुरीअनुसार बाडमेर प्रहरी अधीरक्षक आनन्द शर्माले भने, ‘उजुरी हामीले दर्ता गरिसकेका छौं । आफ्नै आमा र उनको समूहले देह व्यापारमा लगाउन गरेको आरोप छ ।’

नवविवाहिता जोडीले आफूहरुलाई ज्यानको खतरा भएको भन्दै सुरक्षाको माग गरेका छन् । आफ्नी आमाले युपीमा देहव्यापार गर्दै आएको आरोप लगाएकी छन् । प्रहरीले तत्काल कारबाही अघि बढाइने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्