
सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आइतवार पनि बस्दैछ ।
गत मंसिर २१ गते आइतवार शुरू भएको बैठक १ हप्तापछि आइतवार बस्न लागेको हो ।
यसअघिको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने भन्दै लिखित पत्र पठाएर बैठकका उपस्थित नहुने जानकारी गराएका थिए ।
आइतवारको बैठकमा ओली उपस्थित हुने सम्भावना रहेको नेकपा स्रोतले बतायो । सुरक्षाका कारण दर्शाउँदै बैठक धुम्बाराहीबाट बालुवाटारमा सारिएको हो ।
नेकपाका एक स्थायी कमिटी सदस्यले दिउँसो १ बजेका लागि बैठक बालुवाटारमा तय भएको जानकारी दिए । पार्टीभित्रको विवाद जटिल बनेको समयमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।
स्थायी कमिटी बैठकलगत्तै पुस ५ गतेदेखि नेकपा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ ।