३१ जेठ २०८३, आइतबार

अडी कारभन्दा महंगो भैंसी, दैनिक २९ लिटर दूध दिन्छ !

मंसिर १६, २०७७
अडी कारभन्दा महंगो भैंसी, दैनिक २९ लिटर दूध दिन्छ !

भारतको हरियाणको एक भैंसी चर्चामा आएको छ । भैंसीको मूल्य सुनेर जो कोही छक्क पर्न सक्छन् । यो भैंसीको मूल्य लग्जरी कार अडिभन्दा पनि महंगो छ । 

यो भैंसीको विशेषता यो हो कि दैनिक २९ लिटर दूध दिन्छ । मुर्रा जातको यो भैंसी किसान परिवार एक्लै पाल्न सक्षम छन् । 

यो भैंसीलाई लिएर यहाँ एउटा उखान पनि छ, ‘जसको घरमा काली, सँधै दिवाली’ । मुर्रा नश्ललाई कालो सनुका रुपमा मानिन्छ ।

भिवानीको गुजरानी गाउँको यो यो भैंसीको मूल्य ९१ लाख रुपैयाँ तोकिएको छ । 

यस इलाकामा भएको दुग्ध प्रतियोगितामा यो भैंसीले उपाधि जितेको थियो । भैंसीले २९ लिटर ५०० ग्राम दूध दिएर राष्ट्रिय रेकर्ड कायम गरेको छ ।

भैंसीका मालिक रामफलले मुर्रा नश्लको भैंसीबाट आफू धन्य भएको बताएका छन् । उनले यसको नाम देवी राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्