×

NMB BANK
NIC ASIA

पर्यटकीय नगरी पोखरामा जताततै पार्किङ शुल्क, चौतर्फी विरोध !

मंसिर ३०, २०७७

NTC
Premier Steels

कोरोना महामारीले आक्रान्त जनतासँग सार्वजनिक सडकमा पनि पार्किङ शुल्क उठाउन थालिएपछि चर्को विरोध भएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक सडकमा पार्किङ सवारीसाधनबाट चर्को दररेटमा पार्किङ शुल्क असुल्न थालेपछि नागरिकस्तरबाट विरोध शुरू भएको हो ।

Muktinath Bank

महानगरले फेवा/सावित्री जेभीलाई २ वर्षसम्मका लागि ३ करोड १६ लाख रुपैयाँमा नगरभित्र पार्किङको शुल्क उठाउन ठेक्का दिएको हो । ठेक्का प्रक्रियामा विवाद र कोभिडका कारण स्थगित सम्झौता आइतवारदेखि लागू हुने गरी सम्झौता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताअनुसार नगरका विभिन्न १६ ठाउँ यकिन गरी पार्किङबापत मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्छ  ।


Advertisment
Nabil box
Kumari

जीप, कार भ्यान र ट्याक्सीले ठाउँअनुसार प्रतिघण्टा १५ देखि २५ रुपैयाँ बुझाउनुपर्नेछ । मिनी बस र माइक्रोबसले २० देखि ३० एवम् ट्रक तथा बसले ३० देखि ५० रुपैयाँ तिर्नुपर्नेछ ।

Vianet communication

आर्थिक ऐन देखाएर पार्किङ शुल्क उठाउन थालेपछि ‘जागौं नेपाल अभियान’ ले विरोध प्रदर्शनको तयारी गरेको छ ।

महानगरलाई ध्यानाकर्षणपत्र बुझाएका अभियानका सदस्यले चर्को शुल्क लिने कार्य फिर्ता नभए सडक आन्दोलन तताउने चेतावनी दिएका छन् ।

अभियान कास्कीका संयोजक विष्णुहरि तिवारीले शुल्क लिने निर्णय फिर्ता लिनुपर्ने र व्यवस्थित पार्किङ सुविधा उपलब्ध गराउनुपर्ने भन्दै माग सुनुवाई नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । 

पार्किङ शुल्क बुझाएपछि पनि नागरिकले पाउने सुविधाको ग्यारेन्टी पाउन नसकेकाले यस्ता हचुवा र अव्यावहारिक ठेक्का प्रक्रिया खारेज गर्नुपर्नेमा उनको जोड छ ।

पोखरा महानगर राजस्व शाखा प्रमुख गणेश पाण्डेले गत वर्ष नै उक्त कम्पनीलाई ठेक्का परेकोमा कोभिडका कारण सम्झौता हुन नसकेकोमा हाल आर्थिक ऐनअनुसार ठेक्कासम्झौता भएको जिकिर गरे ।  पहिले दैनिक १० रुपैयाँ लिने शुल्क बढाएर घण्टामै १० रुपैयाँ बनाइएको हो । 

त्यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले महानगरको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न शुल्क निर्धारण गरिएको बताए । 

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सडकमा पार्किङ गर्ने र पैसा उठाउने अधिकार कसैलाई नहुने भन्दै महानगरले ठेक्का सम्झौता रद्द गर्नुपर्नेमा जोड दिए ।

फेवा/सावित्री जेभी कम्पनीका उदिम गुरुङले सम्झौताअनुरुप आफूहरूले पार्किङ शुल्क उठाएको जिकिर गरे । उनका अनुसार पोखराका १६ स्थानमा डेढ सय जना कर्मचारी पार्किङ शुल्क संकलनका लागि २ दिनदेखि खटिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x